निर्वाचन आयोगले मंसिरमा हुने चुनावका लागि १ सय ६५ जना अधिकृत नियुक्त गर्दै

१८ आश्विन २०७४, बुधबार ०९:४७

काठमाडौं । निर्वाचन आयोगले बुधबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत गरी १ सय ६५ जनालाई नियुक्त गर्दैछ । मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा चुनावका लागि आयोगले अधिकृत नियुक्त गर्न लागेको हो ।

बुधबार नियुक्ती पाएका अधिकृतलाई अभिमुखिकरण तालिम दिएपछि कात्तिक १ गतेअघि नै १ सय ६५ निर्वाचन क्षेत्रमा कार्यालय स्थापना गर्ने आयोगको तयारी छ ।

आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा १ करोड ५४ लाख २७ हजार ७ सय ३१ मतदाता रहनेछन् । त्यसका लागि १ करोड ७० लाखको हाराहारीमा मतपत्र छाप्ने आयोगले जनाएको छ ।