तराईमा मनाईने छठका दोस्रो दिन आज बजारमा चहलपहल

८ कार्तिक २०७४, बुधबार ०१:१८

कात्तिक ८,जविराज । आजदेखि शुरु भएको छठ पर्वका अवसरमा स्थानीय बजारमा केराको कारोबारमा वृद्धि भएको छ । छठपर्वमा केराको घरी अनिवार्य मानिएकाले केराको बिक्रीवितरणमा वृद्धि भएको हो । सदरमुकाम राजविराज, भारदह, बोदेबर्साइन, कञ्चनपुर, फत्तेपुर, हनुमानगरलगायतका बजारमा केराको कारोबार बढेको पाइएको छ ।

छठमा हरेकले केराको घरी किन्ने भएकाले व्यापारमा वृद्धि भएको केरा व्यापारी शिवचरण मण्डलले बताउनुभयो । बजारमा केरा किन्नेको भीड लागेको छ । प्रति केरा घरी रु दुई सयदेखि रु ५०० सम्ममा बिक्री भइरहेको छ । सप्तरीमा छठमा करिब रु एक करोडको केरा बिक्रीवितरण हुने गरेको व्यापारीको भनाइ छ ।

डोम समुदाय चोया बनाउन व्यस्त

हिन्दू धर्मावलम्बीको महान् छठपर्व आजबाट शुरु भएसँगै सप्तरीको डोम समुदाय बाँस र बेतका चोया बनाउनमा व्यस्त रहेको छ ।
अहिले डोमसमुदायले भाँडाकुँडा बेचेर मनग्य आम्दानी गर्ने समय हो । छठपर्वमा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पु¥याउन डोम जातिलाई सकस भएको छ । ती सामग्री बनाउन भ्याईनभ्याई भएकोे छ । छठपर्वमा छठमाता तथा सूर्यदेवतालाई बाँस र बेतबाटै बनाइएका डालो, नाङ्लो र टालु टपरीमा अद्र्य दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच÷सातवटा बाँसका भाँडाकुँडा किन्नुपर्ने हुन्छ । राजविराजलगायतका विभिन्न ठाउँमा अहिले डालो, नाङ्लो र टालुटपरीलगायतका समान डोमसमुदाय विक्रीबितरण गर्नमा व्यस्त छन् ।