डा. केसीको स्वास्थ्य झन् नाजुक बन्दै

२५ आश्विन २०७४, बुधबार ०२:५९

२५ असोज, काठमाडौँ । अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य तीव्र गतीले खस्कँदै गएको चिकत्सकहरूले बताएका छन् । उनको छाती दुखाइसँगै स्वास्थ्य अवस्था खस्कन थालेपछि मंगलबार अनशनस्थलमा मनिटरलगायत थप चिकित्सकीय उपकरण लगाइएको खबर आजको कान्तिपुर दैनिकमा छ ।

‘परिस्थितिको संवेदनशीलताअनुसार मंगलबारदेखि मनिटरका माध्यमले उनको स्वास्थ्यस्थिति प्रत्यक्ष रूपमा अवलोकन गर्न थालिएको छ,’ डा.केसीको स्वास्थ्य निगरानीमा सरिक प्रा.डा. दिव्यासिंह शाहले भनिन्, ‘मनिटरले प्रत्यक्ष रूपमा डा. केसीको मुटुको चाल र गतिविधि, रगतमा अक्सिजनको मात्रा, श्वासप्रश्वास गतिलगायत जानकारी दिइरहेको छ ।’

विगतका अनशनहरूको दाँजोमा यस पटक डा. केसीको स्वास्थ्यस्थिति तीव्र गतीमा गिरिरहेको शाहले जानकारी दिइन् ।