झापामा अज्ञात रोगका कारण २ को मृत्यु

१५ आश्विन २०७४, आईतवार ०८:३२

१५ असोज, झापा । झापाको कन्काई ४ टेक्रामा अज्ञात रोगका कारण दुई जनाको ज्यान गएको छ ।

ज्यान जानेमा २३ वर्षीय नारायण ऋषिदेव र २४ वर्षीय वसन्ती ऋषिदेव रहेका बताइएको छ । त्यस्तै सोही रोगका कारण अन्य ७ जना बिरामी परेका बताइएको छ । उनीहरूलाई आइतबार दिउँसो कन्काई नगरका मेयर राजेन्द्र पोखरेलसहितको टोलीले भद्रपुरस्थित मेची अञ्चल अस्पताल पु¥याएको छ ।

 

मेयर पोखरेलका अनुसार अधिकांशमा टाउको दुख्ने, ज्वरो आउने र रगतसहितको वान्ता आउने समस्या देखापरेको छ । दशैंका बेला रोग फैलिएपछि स्थानीय बासिन्दा चिन्तामा परेका छन् ।