झापा क्षेत्र नं ५ बाट ओली सिफारिस

१९ आश्विन २०७४, बिहीबार १०:०१

काठमाडौं, १९ असोज । आगमि मंसिर महिनामा हुँने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) झापाले उम्मेदवार सिफारिस शुरु गरेको छ ।

झापाका पाँच वटै निर्वाचन क्षेत्रका लागि सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरिएको एमाले झापा सचिव मदन अधिकारीले जानकारी दिनुभयो । यसैगरी झापा क्षेत्र नं ५ बाट एमाले अध्यक्ष केपी ओलीको नाम सर्वसम्मत सिफारिस गरिसकेको सचिव अधिकारीले बताउनुभयो ।

झापा निर्वाचन उम्मेदवार सिफारिसका नामवली:-

क्षेत्र नं १ बाट गोपालचन्द्र बुढाथोकी
क्षेत्र नं २ बाट पवित्रा निरौला खरेल
क्षेत्र नं ३ बाट पुष्पराज पोखरेल
क्षेत्र नं ४ बाट लालप्रसाद (एलपी) साँवा र
क्षेत्र नं ५ बाट अध्यक्ष केपी ओली