चिनिया नाकामा सुरक्षा व्यवस्था मजबुत

२८ आश्विन २०७४, शनिबार ०१:१२

असोज २८, रसुवा । नेपाल–चीन उत्तरी नाका रसुवागढी क्षेत्रमा व्यापारिक चहलपहल बढेका कारण सुरक्षा व्यवस्था मजबुत पारिएको छ ।

प्रमुख व्यापारिक नाकाका रुपमा स्थापित रसुवागढी क्षेत्रमा व्यापारिक चहलपहल बढ्दै गएकोले आवश्यक सुरक्षा जनशक्ति बजबुत पारिएको प्रहरी प्रमुख शरतकुमार थापाले जानकारी दिए । त्यहाँ सीमा क्षेत्रको सुरक्षाका लागि नेपाल प्रहरीको अलावा सशस्त्र प्रहरीसमेत तैनाथ रहेको सहायक प्रमुख जिल्ला अधिकारी स्मिता पौडेलले बताइन् ।

दैनिक ट्रक कन्टेनर गुड्ने, सडकको अवस्था साँघुरो भए पनि ट्राफिक व्यवस्थापनलाई समेत क्रमशः समाधान गर्दै लगिएको बताइएको छ । (रासस)