घर पोत्न माटो लिन गएकी महिलाको ढिस्कोले पुरिएर मृत्यु

कार्तिक १, काठमाडौं । तिहारका लागि घरआँगन लिपपोत गर्न माटो लिन गएकी एक महिलाको ढिस्कोले पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बेल्हीचपेना गाउँपालिका–४ बस्ने ४० वर्षीया हेमनीदेवी यादव रहेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यादव घर नजिकैको गाउँमा माटो लिन गएको अवस्थामा माटोको ढिस्को खस्दा च्यापिएर मंगलबार साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।  शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको बताइएको छ । (रासस)


प्रकाशित | २०७४ कार्तिक १ प्रकाशित ०५:५२

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ