गठबन्धनलाई सिट मिलाउन गाह्रो

२३ आश्विन २०७४, सोमबार ०१:२८

२३ असोज, काठमाडौँ । चुनावी तालमेलसँगै पार्टी एकीकरणको बहस गर्ने सहमति गरेका एमाले, माओवादी केन्द्र र नयाँ शक्तिलाई सिट बाँडफाँड गर्न सकस परेको खबर आजको कान्तिपुर दैनिकमा छ ।


कुन सिट कहाँ कसरी भागबन्डा गर्ने भन्ने प्रारुप तयार गर्न कार्यदलले अभ्यास गरिरहे पनि निष्कर्ष निस्केको छैन । एमाले र माओवादी केन्द्रले ६० र ४० प्रतिशतका आधारमा सिट मिलाउने समझदारी गरेका थिए । त्यसअनुसार कहाँ कुनले लिने भन्नेमा निर्णय गर्न दुबै दललाई समस्या परेको हो ।

उता नयाँ शक्तिले पनि १५ प्रतिशतको हिस्सेदारी खोजेको छ । एमाले र माओवादी भने त्यति सिट दिन तयार छैनन् ।