क्रिकेट संघको अध्यक्षमा मजगैयाँ निर्विरोध

९ कार्तिक २०७४, बिहीबार ०८:००

कात्तिक ९, दाङ । दाङ क्रिकेट संघको दोस्रो साधारण सभाबाट अध्यक्षमा प्रदीप मजगैयाँ निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृत सनतकुमार श्रेष्ठका अनुसार संघको उपाध्यक्षमा अशोक रोकामगर, सचिवमा प्रणव आचार्य, कोषाध्यक्षमा राजीव शिल्पकार निर्वाचित भएका छन् ।

त्यसैगरी संघको सदस्यमा सञ्जु केसी (पुरन), किशोरकुमार घर्तीमगर, कैलाश रोकामगर, बालकृष्ण खत्री, शिव श्रेष्ठ, राजीव उल्लाह खान, पञ्कज शर्मा, रुपेश शर्मा, मिनेश श्रेष्ठ, रमेशसिंह पुन, नमिता नेपाली रहेका छन् ।