काभ्रे कांग्रेसले गर्‍यो उम्मेदवार सिफारिस

२१ आश्विन २०७४, शनिबार ०५:०९

असोज २१, काभ्रे। नेपाली कांग्रेसले केन्द्र र प्रदेशको निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ काभ्रे निर्वाचन क्षेत्र नं १ मा तीर्थ लामालाई सर्वसम्मत उम्मेदारीमा सिफारिस गरेको छ भने क्षेत्र नं २ मा मधु अचार्य र कन्चन वादेको नाम सिफारिस गरिएको छ । प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचन क्षेत्र १ मा ललिता किङरिङ र हस्तजित लामा नाम सिफारिस गरिएको छ उनिहरु दुई जना पूर्व सांसद समेत हुन । त्यस्तै प्रतिनिधि सभा समानुपातिक तर्फ निर्वचन क्षेत्र २ मा प्रचण्ड प्रधान, राम थपलिया, जीवनराम वादे लगाएतको नाम सिफारिस भएको छ ।

काभ्रे निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा १ मा प्रत्यक्षतर्फ सि.वि. लामा, दिनेश लामा, दिनेश भुर्तेल, सेरबहादुर लामाको नाम सिफारिस भएको छ भने समानुपातिक तर्फ ११ जनाको नाम सिफारिस भएको छ । त्यस्तै प्रदेश नं २ मा तिर्थ पसखला, ईश्वरी ओझा, ईन्दुमनी अधिकारी, कुन्छाङ लामा लगाएत १६ जनाको नाम सिफारिस गरिएको नेपाली कांग्रेस जिल्ला सदस्य एवम् स्वास्थ्य विभाग प्रमुख दिनेश भुर्तेलले बताए ।

निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेश सभा १ मा प्रत्यक्षतर्फ नारायण तिमिल्सिना, माधव ढकाल, भगवान अधिकारी प्रकाश थापा लगाएत १२ जनाको नाम सिफारिस भएको छ । । प्रदेश २ मा वर्तामान काभ्रे जिल्ला पार्टी उपसभपती सुन्दरमनी अचार्य, क्षेत्रीय उपसभपति देव लामा लगाएत ७ जनाको नाम प्रत्यक्षमा सिफारिस गरिएको जिल्ला सदस्य भुर्तेलले जनाएको छ । त्यस्तै प्रदेशसभाका लागि समानुपातिकमा लिला नेपाल, जानुका नेपाल लगाएत ९ जनाको नाम सिफारिस गरिएको छ ।