ईलाममा दुई लाख दश हजार मतदाता

२४ आश्विन २०७४, मंगलवार ०९:३०

काठमाडौं, २४ असोज । आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि इलाममा दुई लाख १० हजार ५७५ मतदाता रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय ईलामका अनुसार गत साउन १ गतेदेखि भदौै ३ गतेसम्म सञ्चालन गरिएको फोटोसहितको मतदाता नामावली संकलन कार्यबाट १७ हजार २७१ जना मतदाता थपिएका हन् । जसअन्तर्गत आठ हजार ७३८ पुरुष र आठ हजार ५३३ जना महिला मतदाता रहेका छन् ।

आगामी प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली दर्ताको लागि समय थप गरेको थियो ।