आइएसको कब्जामा रहेको महत्वपूर्ण शहर रक्का सरकारी सेनाको नियन्त्रणमा

१ कार्तिक २०७४, बुधबार ०५:५६

अमेरिकाको समर्थन प्राप्त सिरियाली कुर्द र अरब लडाकुहरुले आइएसको राजधानी मानिने रक्का शहरलाई नियन्त्रणमा लिएका हुन् ।

 

सिरियाली सेनाका प्रवक्ता तलाल सेलोले पाँच महिनासम्म चलेको आक्रामक कारबाहीपछि त्यहाँ लडाइँ अन्त्य भएको दाबी गरेका छन् । हाल त्यहाँ लुकेर बसेको हुनसक्ने केही जिहादीहरुको खोजी भइरहेको उनले बताएका छन् । त्यसैगरी जमिनमुनी लुकाएर राखिएको विस्फोटक पदार्थहरु हटाउने कार्य भइरहेको अधिकारीहरुले बताएका छन् । रक्का शहरलाई विगत तीन वर्षदेखि आइएसले कब्जा गर्दै आएका थियो । त्यसयता यो शहरबाट हजारौं नागरिक पलायन भएका थिए ।

 

सो शहर कब्जामुक्त गर्नुअघी सिरियाली कुर्द समूहले लामो समयदेखि आईएसको कब्जामा रहेको म्युनिसिपल स्टेडियम र नेसनल हस्पिटल कब्जा मुक्त गरेको थियो । सो स्टेडियममा दर्जनौं बिदेशी चरमपन्थी लुकेर बसेको अवस्थामा २२ जना चरमपन्थी जवाफी कारबाहीमा मारिएका थिए । (एजेन्सी)