अष्ट्रेलियाको विभिन्न शहरमा धमाका मचाउँदै नेपाल आईडलका बुद्ध, निशान र प्रताप

१९ आश्विन २०७४, बिहीबार १३:२१

काठमाडौँ। नेपाल आईडलका टप तीन जनाको प्रस्तुतीले सीडनी संगै अस्ट्रेलियाका केही सहर संगीतमय हुने भएको छ। यस कार्यक्रममा नेपाल आइडल बुद्ध लामा, रनर अप निशान भट्टराइ र सेकेन्ड रनरअप प्रताप दाश अस्ट्रेलिया जादैछन् । नेपाली टच अस्ट्रेलियाले नेपाल आईडलका टप ३ लाई लिएर अस्ट्रेलीया कार्यक्रम गर्न लागेको हो  ।

सिडनीमा हुने कार्यक्रम ओलम्पीकपार्क स्पोर्ट्स सेन्टरमा हुदैछ । जहाँ नेपाली कलाकारले अझसम्म कुनै कार्यक्रम गरेका छैनन्। संभवत यो नै ओलम्पिक पार्कमा पहिलो नेपाली कार्यक्रम हो। एभरेष्ट कम्युनिकेशनको मुख्य प्रस्तुती रहने सिडनीको मुख्य कार्यक्रम डिसेम्बर १ मा  हुनेछ।

नेपाल आइडलको अस्ट्रेलियाब्यापी भ्रमण आउँदो नोभेम्बर २० देखि डिसेम्बर २५ सम्म रहनेछ। जुन कार्यक्रम सिडनी संगै ब्रिसबेन, मेलवर्न, एडिलेड, तास्मानिया, पर्थ, डार्बिन र क्यानबेरामा समेत हुनेछ।