अध्यक्ष राणा सिन्धुपाल्चोक– २ मा उम्मेदवारी

५ कार्तिक २०७४, आईतवार ०९:५१

५ कात्तिक, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले सिन्धुपाल्चोक क्षेत्र नं २ बाट उम्मेदवारी मनोनयन गराएकोे पार्टीले जनाएको छ ।

यसैगरी, राप्रपा (प्रजातान्त्रिक) ले यही कात्तिक १२ गतेदेखि मुलुकका सातै प्रदेशमा चुनावीसभा गर्ने भएको छ । आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई केन्द्रित गरी मुलुकको नयाँ संरचनानुसार गठन भएका प्रदेशमा चुनावीसभा गर्न लागिएको महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए ।

यही कात्तिक मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त सभामा शीर्ष नेता तथा पार्टी पदाधिकारीले सम्बोधन गर्नेछन् । पार्टीले आफ्नो सम्भावना भएका स्थानमा अरु दलको सहयोग लिने तथा सम्भावना नभएका स्थानमा अन्य दललाई सहयोग गर्ने भएको छ ।