सलमान र शाहरुख को स्टारडम माथि संजय दत्तको कमेन्ट

३ आश्विन २०७४, मंगलवार ०६:४४

बलिवुड सुपरस्टार बनिसकेका संजय दत्त को कम्ब्याक चलचित्र ‘भुमि’ शुक्रबार बाट प्रदर्शनमा आउदैछ । आफ्नो र आफ्नो साथका कलाकारको स्टारडम को बारेमा कुरा गर्दै संजयले भनेका छन् स्टारडम पाउन कसैको लागि मुस्किल होईन ।

संजय दत्तले भने “जुन सलमान,शाहरुख खान या मसंग छ त्यसलाई पाउन कुनै मुश्किल छैन । युवा कलाकारले यो कुरालाई ध्यान राख्नुपर्छ कि दर्शक सिर्फ मल्टिप्लेक्स मा मात्रै सिमित छैनन् । त्यो भन्दा बाहिर पनि दर्शकहरुको संख्या धेरै भन्दा धेरै छ र महत्व उत्तिकै राख्छ ।”

उनले थप्दै भने “एकचोटी तपाई भारतको सिंगल थिएटर मा ठाउ बनाउन लाग्नुहुन्छ त तपाई स्टार बन्न सक्नुहुन्छ ।मलाई लाग्छ कि नयाँ कलाकारलाई ति दर्शकहरुको लागि पनि चलचित्र बनाउनु पर्छ । ति दर्शक संग कनेक्ट हुनु पनि अहम वात हो ।”

यतिबेला संजय दत्त एकपछि अर्को चलचित्रमा व्यस्त छन् । भुमि पछी संजय दत्त २०१८ मा पनि २/३ चलचित्रको साथ् तयार छन् ।