१ सय १९ स्थानीय तहमा मतगणना जारी, १७ वटा तहमा तयारी

३ आश्विन २०७४, मंगलवार ०८:५५

असोज ३, काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते सोमबार भएको निर्वाचनको १ सय १९ तहमा मतगणना जारी छ ।

हालसम्म प्राप्त विवरण अनुसार ११९ स्थानीय तहमा मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त विवरणअनुसार मंगलबार दिनको १ बजेसम्ममा बाँकी रहेका सप्तरीमा चार, सिरहामा एक, धनुषामा दुई, महोत्तरीमा दुई, सर्लाहीमा एक, रौतहटमा एक, बारामा एक र पर्सामा चार गरी जम्मा १७ वटा स्थानीय तहमा मतगणनाको तयारी भइरहेको छ ।

ती तहमा सम्बन्धित स्थानीय तहका राजनीतिक दलहरुसँग समन्वय गर्ने कार्य भइरहेको जानकारी प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।