साहो मा प्रभास संग श्रद्दा

२९ भाद्र २०७४, बिहीबार ०७:४७

प्रभास संग आफ्नो पहिलो भेटलाई लिएर श्रद्दा कपुरले एकदमै खुशी पनि व्यक्त गरेकी छन् । श्रद्दा कपुर दुई दिनको लागि प्रभास संग चलचित्र साहो को शिलशिलामा भेट्न गएकी थिईन  । श्रद्धा ऐले  मुंबई फर्किएकी छन् तर छिटै उनि हैदराबाद जानेछन् । श्रद्धा कपूरले आफ्नो नयाँ चलचित्र ‘साहो’ मा काम गर्न सुरु गरेकी छन् । ‘साहो’ मा उनि बाहुबली फेम प्रभास संग अभिनय गर्ने छिन ।

श्रद्धा ले पत्रकारसंग भनिन जब उनि पहिलो पटक प्रभास संग भेटिन त प्रभास ले एक जेन्टलम्यान जस्तै पहिले सोधेका थिए  ” तपाईलाई थकाई लागेको होला , भोक पनि लागेको होला आउनुस खाना खाऔ ।” श्रद्धा ले भनिन को उनि यो कुराबाट निकै खुशी भईन उनले आफूजस्तै फूडी भेटाएकी छन् । प्रभास लाई पनि खानपिन मा निकै शौक छ , त्यसैले श्रद्दालाई लागिरहेको छ कि अब दुबैजना को मित्रता खुब जम्नेछ ।