लन्डन रेल आक्रमणका आरोपित व्यक्ति पक्राउ

३१ भाद्र २०७४, शनिबार १४:०८

भदौ ३१, लन्डन । लन्डनको भूमिगत रेलमा शुक्रबार भएको आक्रमणमा संलग्न रहेको आशंका गरिएका एकजना युवकलाई प्रहरीले शनिबार पक्राउ गरेका छ ।

डोवरको दक्षिणी वन्दगाह क्षेत्रमा भेटिएका ती १८ वर्षीय युवकलाई केन्ट प्रहरीले नियन्त्रणमा लिई उनलाई अहिले स्थानीय प्रहरी चौकीमा राखिएको छ । उनलाई अनुसन्धानका लागि लन्डनस्थित प्रहरी हिरासतमा लाने तयारी भइरहेको प्रहरीले जनाएको छ । प्रतिआतंकवाद मामिला प्रमुख मार्क रोलेले घटनामा संलग्न अन्य व्यक्तिलाई प्रहरीले पिछा गरिरहेको बताएका छन् । उनलाई प्रतिआतंकवादी कानूनअनुसार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शुक्रबार विहान भएको विस्फोटमा परी घाइते भएका ३० जनालाई घटनापश्चात उपचारका लागि अस्पताल पुर्‍याइएकोमा केही भने सामान्य उपचारपछि घर फर्किसकेका बताइएको छ ।  घटनाको इश्लामिक स्टेट (आइएस) समूहले जिम्मेवारी लिएको छ । रासस÷एएफपी