राष्ट्रपतिले विशिष्ट तथा सर्वसाधारणलाई टीका लगाइदिने

१० आश्विन २०७४, मंगलवार १६:३४

काठमाडौँ, १० असोज । यस बर्षको बडादशैं २०७४ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विशिष्ट तथा सर्वसाधारणलाई टीका लगाइ दिनुहुने भएको छ ।

आज एक विज्ञप्ति जारी गरी राष्ट्रपति कार्यालयले राष्ट्रपतिको हातबाट टीका ग्रहण गर्न इच्छुक विशिष्ट महानुभावलाई अपराह्न २ बजेदेखि ३ बजेसम्म र अन्य इच्छुक महानुभावहरुका लागि अपराह्न ३ बजेदेखि साँझसम्म टीका लगाइने कार्यक्रम रहेको जनाएको छ ।

यस बर्षको दशैं टिका असोज १४ गते शनिबार परेको छ भने कार्यालयका अनुसार सो दिन शीतलनिवासको गेट नं. १ को ढोका खुला रहने विज्ञप्तिमा उल्लेख गरिएको छ ।