प्रधानमन्त्री र मन्त्रीले बुझाए सम्पत्ति विवरण, को कति धनी ?

५ आश्विन २०७४, बिहीबार ०२:३०

असोज ५, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले मंगलवार सार्वजनिक गरेको सम्पत्ति विवरणमा प्रधानमन्त्री शेरबहादुर देउवाको १० थान असर्फी, चार तोलाका सुनका दुईटा सिक्री, पाँचतोलाको ब्रासलेट,चार तोलाको हीरा, पन्न रुवी र मुगाजडित औठी रहेको छ ।

प्रधानमन्त्री देउवाको नाममा एभरेष्ट बैंकमा १६ लाख ५० हजार नगद छ । देउवाले बुढानिलकण्ठको घर जग्गा उल्लेख गरेका छैनन् । उपप्रधानमन्त्री विजय कुमार गच्छदारको सुनसरी दुहवी नपामा २–७ बर्गमिटरमा रहेको २कोठे टिनको छाना भएको पक्की घर, श्रीमति निर्मलाको नाममा विराटनगर महानगरपालिका –१५ मा दुईतले पक्की घर छ ।

 

७५ तोला सुनका धनी गच्छदार र उनको श्रीमतिको नाममा दुहबी, विराटनगर, ललितपुरको बुङमतीलगायत विभिन्न स्थानमा जग्गा–जमीन रहेको उल्लेख छ । सबैभन्दा धनी मन्त्रीका रुपमा उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ रहेका छन् । उनको सम्पत्ति हेर्दा उनी अर्बपति मन्त्रीका रुपमा देखिन्छन् । उनको स्याङजा, पोखरा,रुपन्देही, काठमाडौको कुलेश्वर र ललितपुरमा गरी सातवटा पक्की घर रहेको उल्लेख छ । अन्नपूर्ण पोष्ट दैनिक