प्रदेश नं २ मा पनि पहिलो पार्टी हुने एमालेको दाबी

२० भाद्र २०७४, मंगलवार १४:२४
uml, latest news from kathmandu nepal, breaking news from kathmandu nepal

भदौ २०  काठमाडौँ। नेकपा (एमाले)ले आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनमा पनि पहिलो पार्टी हुने दाबी गरेको छ।

स्थानीय तहको निर्वाचनका विषयलाई लिएर नेकपा ९एमाले० पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजित पत्रकार सम्मेलनमा नेकपा ९एमाले०का महासचिव ईश्वर पोखरेलले संगठितरुपमा पार्टी बलियो र जनताको विश्वासका कारण एमाले पहिलो पार्टी हुने दाबी गरे।

“एमाले मधेश मै जन्मेर हुर्केको पार्टी हो, लोकप्रिय पार्टी अनि तराई–मधेशमा एमालले गरेको विकासका कारण जनताको मन जित्न सफल भएको छ, त्यसकारण एमाले पहिलो पार्टी हुन्छ ”–उनले भने।

महासचिव पोखरेलले एमालेलाई मधेशी विरोधी भनेर दुष्प्रचार गरिए पनि तराई–मधेशको समग्र विकासमा पार्टीको योगदान रहेको उल्लेख गर्दै एमालेविरुद्ध नेपाली काँगेस र नेकपा ९माओवादी केन्द्र० बीच महागठबन्धन भए पनि एमाले बलियो पार्टी भएको जिकिर गरे।

पार्टीका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले निर्वाचनका समयमा एमालेको उम्मेदवारलाई घेराबन्दीमा पार्ने प्रयास गरिएको र एमाले विरोधी प्रचार गरिए पनि प्रदेश नं.२ मा पार्टीले ५० प्रतिशतभन्दा बढी मत ल्याएर पहिलो पार्टी हुने सुनिश्चित भएको धारणा व्यक्त गरे।

पार्टीका प्रदेश नं २ का संयोजक सत्यनारायण मण्डलले तराई–मधेशमा एमालेलाई हराउनका लागि विभिन्न खालका षडयन्त्र शुरु भएको भए पनि एमालेप्रतिको विश्वास, सद्भाव र पे्रमका हिसाबले जित सुनिश्चित भएको बताए।

दुई नं प्रदेशको आठ जिल्ला, एक महानगरपालिकासहित १३६ स्थानीय तहमा आगामी असोज २ गते निर्वाचन हुँदैछ।