पल्सर स्पोर्ट्स अवार्ड खेलाडी मनोनयन सार्वजनिक

१८ भाद्र २०७४, आईतवार १६:२२
breaking news from kathmandu nepal, sport news from kathmandu nepal, pulser award program 200171

काठमाडौं । पल्सर स्पोर्ट्स अवार्डको खेलाडी मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार चार विधामा मनोनयनमा पर्ने खेलाडीको नाम सार्वजनिक गरेको हो ।

बर्षका उत्कृष्ट महिला खेलाडी विधामा एथ्लेटिक्सकी कान्छी माया कोजु, आर्चरीकी ज्ञानु अवाले, ब्याडमिन्टनकी नङ्सल तामाङ, फुटबलकी सावित्रा भण्डारी र एथ्लेटिक्सकी सरस्वती चौधरी परेका छन् ।

त्यस्तै, बर्षका उत्कृष्ट पुरुष खेलाडी विधामा फुटबलका किरण कुमार लिम्बु, ब्याडमिन्टनका रत्नजीत तामाङ, क्रिकेटका शरद भेषावकर, एथ्लेटिक्सका सोमबहादुर कुमाल र भलिबलका मानबहादुर श्रेष्ठ परेका छन् ।

बर्षका उत्कृष्ट युवा खेलाडीमा क्रिकेटका दिपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, जुडोकी मनिता श्रेष्ठ, प्रधान, भारोत्तोलनकी कमला श्रेष्ठ र भलिबलकी प्रतिभा माली परेका छन् ।

बर्षका उत्कृष्ट प्रशिक्षकमा भने फुटबलका ग्योतोकु कोजी, एथ्लेटिक्सका पुष्पराज ओझा, फुटबलका मेघराज केसी, क्रिकेटका जगत टमाटा र ब्याडमिन्टनका किरण थापा मनोनयनमा परेका छन् ।

मनोनयनमा पर्ने खेलाडी तथा प्रशिक्षकको विजेता घोषणा भने भदौ २६ गते अवार्ड कार्यक्रममै गरिनेछ । यसअघि नै पिपुल्स च्वाइस अवार्डका मनोनयन भने सार्वजनिक भई सकेको छ । पिपुल्स च्वाइस अवार्डमा जुडोकी फुपु ल्हामु खत्री, पौडीकी गौरिका सिंह, क्रिकेटका दिपेन्द्रसिंह ऐरी, फुटबलका सुजल श्रेष्ठ र एथ्लेटिक्सकी कान्छीमाया कोजु परेका छन् ।

मञ्चले प्रत्येक बर्ष प्रदान गर्दै आएको स्पोटर््स अवार्ड यो १४ औं संस्करण हो । यो पटक पनि ८ विधामा उत्कृष्ट हुने खेलाडी, प्रशिक्षक र खेलकुद कर्मीलाई अवार्डबाट सम्मान गर्न लागेको हो ।

पारा एथलिट, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड भने कार्यक्रममै घोषणा गरिनेछ ।

यसपटकदेखि ४ विधाका उत्कृष्ट हुनले मोटरसाइल हात पार्ने छन् । बर्षका उत्कृष्ट महिला, पुरुष, पुवा खेलाडी र प्रशिक्षकले मोटरसाइकल पाउनेछन् । त्यस्तै, अन्य विधाका विजेताले नगद ५० हजार रुपैयाँ हात पार्ने छन् ।