धुर्मुस–सुन्तली फाउण्डेशनबाट फेरी रौतहटमा चौथो एकीकृत बस्ती बनाउँदै

५ आश्विन २०७४, बिहीबार ०१:३८

असोज ५, काठमाडौं । कलाकारिताका माध्यमबाट समाजसेवाको उदाहरणीय काम गर्दै आएका चर्चित हाँस्य कलाकार दम्पत्ति सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली) ले रौतहतको सन्तपुरमा एकीकृत वस्ती निर्माण सुरु गरेका छन् ।

सीतारामले आफ्नो जन्मदिनको अवसरमा बुधबार सो बस्तीको शिलान्यास गरेका छन् । यसअघि काभ्रेको पहारी बस्ती, सिन्धुपाल्चोकको गिरान्चौर, बर्दिबासको मुसहरका लागि एकीकृत नमूना बस्ती बनाइसकेको यो जोडीले चौथो परियोजनाका रुपमा रौतहटलाई रोजेका हुन् ।

५ करोड ७५ लाखमा निर्माण हुने उक्त वस्ती माझी, मुसहर, हजाम र देशार समुदायका लागि बनाउन लागिएको हो । बाढीको चपेटामा परेका ती समुदायको जीवनस्तर उकास्नका लागि वस्ती निर्माण सुरु गरिएको सीतारामको भनाइ छ ।

यो बस्ती आउँदो माघसम्म वस्ती निर्माण सक्ने योजना बनाएको र बस्तीका लागि २ नम्बर प्रदेशका होटल ब्यबसायी संघ लगायत अन्य स्थानीयको पनि सहयोग रहेको जानकारी दिएका छन् ।