‘छक्का पन्जा २’को ट्रेलर सार्वजनिक

२२ भाद्र २०७४, बिहीबार ०७:४५

नाइनलको साडी’ र ’झ्याम्म झ्याम्म’ बोलको गीतबाट नै बहुप्रतिक्षीत बनेको चलचित्र ’छक्का पन्जा २’ को ट्रेलर सार्वजनिक भएको छ ।

 

चलचित्र ’छक्का पन्जा २’ को ट्रेलर ज्योतिषीय समय अनुसार बुधवार साँझ ६ बजे ५ मिनेट २ सेकेण्डमा युट्युबमा सार्वजनिक गरिएको हो ।
छक्का पन्जामा नदेखिएका स्वस्तिमा खड्का र स्वरूपपुरुष ढकाल यस चलत्रिको मूख्य भूमिकामा छन ।

चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, गौरव पहारी, बुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रमा पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । चलचित्र असोज ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको हो ।