घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडको हार

५ आश्विन २०७४, बिहीबार ०२:३४

५ असोज, काठमाडौं । अन्तिम समयमा एन्टोनिओ सानाबारियाले गरेको गोलको मदतमा यिल बेटिसले ला लिगमा रियल मड्रिडमाथि बेर्नाबाउमा १९ वर्षपछि जित हात पारेको छ । रियलको यो सिजनको पहिलो हार पनि हो ।

बुधबार राति भएको खेलमा रियल मड्रिड रियल बेटिससँग १(० गोल अन्तरले पराजित भएको हो ।  घरेलु मैदानमा भएको खेलमा रियल हावी भएको थियो । उसले गोलका लागि २७ प्रयास गरेको थियो, जसमध्ये ७ प्रहार फ्रेममा थियो । तर, गोल हुन सकेन ।

यो हारसँगै रियल मड्रिड लिग लिडर बार्सिलोनाभन्दा ७ अंकले पछाडि परेको छ । बार्सिलोनाको ५ खेलबाट १५ अंक छ भने रियल ८ अंकसहित सातौं स्थानमा छ ।