गडीको ठक्करबाट एक युवतीको मृत्यु

१४ आश्विन २०७४, शनिबार १३:४५

१४ असोज, हेटौँडा । हेटौँडा–नारायणगढ सडकखण्डको रमनटारमा आज साँझ बस र मोटरसाइकल एकआपसमा ठोक्ँिकदा मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ ।

हेटौँडाबाट चितवन जाँदै गरेको ना ३ ख ७३८६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना ३७ प ४०६७ नम्बरको मोटरसाइकललाई मकवानपुरको रमनटारमा आज साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार मकवानपुर मनरी गाउँपालिका–७ रमनटारकी १८ वर्षीय जुनु स्याङ्तानको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मनरीले जनाएको छ । 

 

दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका मनिष लामा गम्भीर घाइते भएका छन् । उनको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । -रासस_