कलैया महागढीमाई नपामा काँग्रेस विजयी

८ आश्विन २०७४, आईतवार ००:०९

काठमाडौं, ८ असोज । प्रदेश न. २ का ८ जिल्ला अन्तर्गतका १३६ स्थानिय तहको निर्वाचन मतपरिणम आउने क्रम जारी छ । कलैयाको महागढीमाई नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

प्रमुख निर्वाचन अधिकृत खडानन्द गौतमका अनुसार काँग्रेसका उपन यादवले ५ हजार ७६५ मत ल्याई विजयी भएको छन् भने उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका शरदाशंकर जैसवाले ५ हजार २७५ मत ल्याउनुभएको छ ।

यसैगरी, उपप्रमुखमा पनि काँग्रेसकै तारादेवी गुप्ताले ५ हजार ३७५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका उमाराउती देवी बरैइले ४ हजार ५२२ मत ल्याउनुभएको छ ।