६ लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ

२ आश्विन २०७४, सोमबार १४:५९

असोज २, कपिलवस्तुु । ६ लाख भारतीय रुपैयाँसहित एक जनालाई कपिलवस्तु प्रहरीले कृष्णनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका ३ का ३० वर्षीय सलिम मियाँ रहेको छन् ।

कपिलवस्तु प्रहरीका अनुसार मियाँले २ हजार दरका १०० थान २ लाख र ५०० दरका ८०० थान ४ लाख गरी कुल ६ लाख भारतीय रुपैयाँ झोलामा लुकाई नेपाल ल्याउने क्रममा पक्राउ गरेका हुन् ।

बरामद गरिएको रकमसहित पक्राउ गरिएका मियाँलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।