५६ जना मन्त्री पु¥याएको भन्दै ओलीको आक्रोश

३ आश्विन २०७४, मंगलवार १४:०२

काठमाडौं, ३ असोज । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्रि केपी शर्मा ओलीले प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेर ५६ जना पु¥याएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।

आज चाँगुनारायण नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ओलीले राज्यले थेग्नै नसक्ने गरी मन्त्रीको सङ्ख्या थपेको बताउनुृभयो । “यो गरिब देशमा ५६ जना मन्त्री किन चाहियो ?”

निर्वाचन आयोगले आचारसंहिता उल्लधन भयो, यसो गर्नु भएन, निर्णय सच्याऊ भनिरहे पनि सरकारले नसुनेको टिप्पणी गर्नुभयो ।
चुनाव नगर्ने षडयन्त्रमा सरकार लागेको बताउँदै उहाँले दलबीच पहिला नै सहमति भएको विषयलाई प्रधानमन्त्रीले मतपत्रको बखेडा झिकेर चुनाव बिथोल्न खोजेको आरोप लगाउनुभयो ।

चुनाव नहुने षडयन्त्रलाई एमालेले कुनै हालतमा सफल हुन नदिने उहाँको भनाइ थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेकालाई अध्यक्ष ओलीले टीका, माला र खादा लगाएर स्वागत गर्नुभएको थियो ।