१३३ स्थानीय तहको मतपरिणाम सार्वजनिक

१० आश्विन २०७४, मंगलवार ०९:३६

कठमाडौं, १० असोज । गत असोज २ गते प्रदेश न २ अन्तर्गत भएको १३६ स्थानीय तह निर्वाचनको जारी मतपरिणाम अनुसार अहिलेसम्म १३३ तहको मतपरिणाम सार्वजनिक भएको छ ।

अहिलेसम्म नेपाली कांग्रेस ३९ स्थानीय तहमा विजयी भएको छ भने नेकपा एमाले १८ तहमा विजयी भएको छ । यस्तै नेकपा माओवादी केन्द्र २१, संघीय समाजवादी फोरम २५, राजपा २४, लोकतान्त्रिक फोरम ३ र अन्य दल तीन तहमा विजयी भएका छन्।

१ सय ३६ तहमध्ये अब ३ स्थानीय तहको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ ।