विश्रामपुर गाउँपालिकामा फोरम लोकतान्त्रिक विजयी

६ आश्विन २०७४, शुक्रबार १४:११

असोज ६, बारा । स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्र्तगत असोज २ गते सम्पन्न भएको चुनावमा बारा जिल्लाको विश्रामपुर गाउँपालिकामा फोरम लोकतान्त्रिक विजयी भएको छ ।

 

फोरम लोकतान्त्रिकका अमिरीपाल ३६३६ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उमेद्वार रुल्थकार अलिले १५१२ मत ल्याए ।   उपाध्यक्षमा पनि फोरम लोकतान्त्रिककै सुमित्रा देवी २३१४ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी राजपाका मधुमाया यादवले १२०० मत ल्याएकी छन् ।