रौतहटको चन्द्रपुर नगरपालिकामा कांग्रेसबाट ससुराबुहारी बने मेयर÷उपमेयर

६ आश्विन २०७४, शुक्रबार ०७:४०

असोज ६, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसका रामचन्द्र चौधरी विजयी भएका छन् । चौधरीले ९७८० मत ल्याएर विजयी भएका हुन् ।

 

उनका निकटतम प्रतिद्न्दी नेकपा एमालेका उद्धव रेग्मीले ८८३१ मत ल्याएका छन् । चन्द्रपुर नगरपालिकामा उप(मेयरमा भने एमालेकी रामरती चौधरी विजयी भएकी छिन् । उनले ९९१६ मत ल्याएकी छिन् । फरकफरक पार्टीबाट विजयी भएका उप(मेयर रामरती चौधरी र मेयर राचन्द्र चौधरीकी नाताले ससुराबुहारी हुन् । चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसले ५ वटा वडा अध्यक्ष जितेको छ भने नेकपा एमालेले ३ वटा वडा जितेको छ ।

 

त्यस्तै माओवादी केन्द्रले २ वटा वडामा जितेको छ । चन्द्रपुर नगरमा माओवादी केन्द्रका युवराज भट्टराईले ७८९४ मत ल्याएर तेस्रो भएका थिए । नेपाली कांग्रेसबाट चन्द्रपुर नगरको मेयर बनेका रामचन्द्र चौधरी तत्कालीन सन्तपुर गाविसको अध्यक्ष समेत भइसकेका छन् । सुबलाल भागवत बहुमखी क्याम्पस सन्चालक समितिको अध्यक्ष समेत रहेका चौधरी सामजिक छविका छन् ।