ब्याडमिन्टनकी नङ्सल तामाङलाई वर्ष उत्कृष्ट महिला पल्सर स्पोर्ट्स अवार्ड

२६ भाद्र २०७४, सोमबार १३:५०

भदौ २६, काठमाडौं । पल्सर स्पोर्ट्स अवार्डको वर्ष उत्कृष्ट महिला खेलाडीमा ब्यडमिन्टनकी नङ्सल तामाङ घोषित भएकी छिन् । पल्सर स्पोर्ट्स अवार्डको बर्ष उत्कृष्ट महिला विधामा विजेता बनेकी नङ्सलले ४ जना प्रतिस्पर्धीलाई पछि पार्दै अवार्ड जितेकी हुन् ।

नेपाल खेलकुद पत्रकार मञ्चको १४ औं संस्करणअन्तर्गत उत्कृष्ट बर्ष महिला विजेता बनेकी नङ्सलले मोटरसाइकल हात पारेकी छिन् । भाई रत्नजित तामाङसँग नङ्सलले पाकिस्तान इन्टरनेशलन सिरिज मिक्स डबलमा नेपाललाई पहिलो पटक स्वर्ण पदक दिलाएकी थिइन् ।

त्यस्तै, सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सिंगल्स, डबल, मिक्स डबल र टिम स्पर्धामा स्वर्ण पदक जितेकी थिइन् । घरेलु प्रतियोगितामा सिंगल्स र टिममा गरी ७ उपाधि, २ मा उपविजेता र एक मा तेस्रो भएकी छिन् । भोजपुरमा जन्मिएकी नङ्सल तामाङ नेपाली ब्याडमिन्टनकी नम्बर १ खेलाडी हुन् ।