बर्दिबास-१४ मा काँग्रेसको प्यानलै विजयी

३ आश्विन २०७४, मंगलवार १३:३७

काठमाडौं, असोज ३ । प्रदेश न. २ स्थानीय तह निर्वाचनको मतपरिणम अनुसार महोत्तरीको बर्दिबास नगरपालिका–१४ मा नेपाली काँग्रेसको प्यानलै विजयी भएको छ ।

बर्दिबास–१४ मा नेपाली काँग्रेसका भरत हमालले ७०३ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृत मणिराम न्यौपाने जानकारी दिनुभएको छ । उहाँका निकटत्तम प्रतिद्वन्द्वी (माओवादी केन्द्र)का उमेश महतो ४३४ मत ल्याउनुभयो ।