फूलपातीसहितको डोली काठमाडौं आउँदैं

११ आश्विन २०७४, बुधबार ०९:०८

काठमाडौं, ११ असोज । गोरखा दरबारस्थित दशैँ घरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातिसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरेर दरबारका सुसारेले आज बिहान ९ बजे शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ ल्याईदै गरेका हुन् ।

फूलपातीको डोली बा१झ ६५४८ नंको सरकारी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाकी प्रमुख मञ्जुसिंङ भण्डारीले जानकारी दिनुभयो ।

गोरखाबाट पठाएको फूलपाती हनुमानढोका दरबार पु¥याएपछि आज साँझ हर्ष बढाइँका साथ फूलपाती भित्र्याउने प्रचलन छ ।

गोरखाका राजा पृथ्वीनारायण शाहले राजधानीको हनुमानढोका दरबारबाट राजकाज शुरु गरेदेखि वर्षेनी गोरखाको दशैं घरबाट फूलपातीसहितको डोली हनुमानढोका दरबार पु¥याएर भित्रयाउने चलन रहिआएको छ ।