प्रदेश नम्बर २ अधिकांश तहमा मतगणना सुरु, प्रमुख दलबीच प्रतिष्पर्धा

३ आश्विन २०७४, मंगलवार ०५:५९

 

असोज ३, काठमाडौं । प्रदेश नम्बर २ अधिकांश तहमा मतगणना सुरु, प्रमुख दलबीच प्रतिष्पर्धा का ८ जिल्लामा भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनपछि मतगणना सुरु भएको छ । अधिकांश तहमा मतगणना सुरु भैसकेको निर्वाचन आयोगले जनाएको छ । बाँकी रहेका केही तहमा बैठक बसिरहेको छ ।

८ वटा जिल्लाका १३६ वटा स्थानीय तहमा सोमबार मतदान भएको थियो । करिब सय तहमा मतगणना सुरु भैसकेको छ । बाँकी थानीय तहको मतगणना कार्य पनि सुरु गर्ने तयारी भइरहेको निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र ९जेइओसी० बाट प्राप्त विवरणमा उल्लेख छ ।

सम्बन्धित स्थानीय तहका राजनीतिक दलहरुसँग समन्वय गरेर मतगणना सुरु गर्ने तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ । राजविराज नगरपालिकाको वडा नं। १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उमेदवारको निधन भएकाले उक्त वडामा असोज ५ गते मतदान भएपछि मात्रै राजविराज नगरपालिकाको मतगणना कार्य सुरु हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

 

त्यसबाहेक अहिलेसम्म मतगणना भएका तहको प्रारम्भिक परिणामअनुसार कांग्रेस, एमाले, माओवादी, राजपा र संघीय समाजवादी फोरम नेपालबीच प्रतिष्पर्धा हुने देखिएको छ । अत्यन्त कडा सुरक्षाकाबीच मतगणना भैरहेको छ । कतिपय तहमा काँडेतार र जालीसमेत लगाइएको बताइएको छ ।