प्रदेश नं २ का १३५ वटै स्थानीय तहको मतगणना जारी

३ आश्विन २०७४, मंगलवार ११:४४

काठमाडौँ, असोज ३ । प्रदेश नं २ का १३६ वटा मध्ये १३५ वटा स्थानीय तहको मतगणना जारी रहेको छ । सप्तरीको राजविराज नगरपालिकाबाहेक सबै स्थानीय तहको मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)बाट प्राप्त विवरणअनुसार, १३६ स्थानीय तहमध्ये राजविराज नगरपालिकाबाहेक सबै स्थानीय तहको मतगणना जारी रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

राजविराज नगरपालिकाको वडा नं १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले उक्त वडामा असोज ५ गते मतदान हुने छ ।