जापानमा हुने खेलमा सहभागी हुन नेपालका कराते टोली त्यसतर्फ प्रस्थान

२९ भाद्र २०७४, बिहीबार ०३:३८

भदौ २९, काठमाडौं । १२औं सिजि निशिमुरा माल्सुरी अन्र्तराष्ट्रिय कराते प्रतियोगीता २०१७ मा सहभागी हुन कराते टोली बुधबार राती जापानको फुकुवका प्रस्थान गरेको छ ।

सेप्टेम्बर १६र १७ मा हुने प्रतियोगीतामा ५० केजी तौल समूहमा पुरुषतर्फ पुरुषोत्तम पोखरेल, महिला तर्फ ५० केजी तौल समूहमा रिमला राई, ४५ केजी तौल समूहमा विक बहादुर थामी, ३५ केजी तौल समूहमा कुईसाङ लामाले प्रतिस्पर्धा गर्नेछन् ।
उक्त प्रतियोगीतामा प्रशिक्षक हरिशरण केसी र व्यवस्थापकमा शैलेन्द्र कुमार विष्ट पनि सहभागी रहेका छन् ।

जापान जाने टोलिलाई कराते राष्ट्रिय टिमका प्रशिक्षक कुसल श्रेष्ठ, एनआरएन जापानका नवनिर्वाचित हस्ता लामा, नेपाल वादोरियो कराते डो संघका पदाधिकारी, प्रशिक्षक खेलाडी तथा अभिभावकहरुले विदाई गरे ।