निर्वाचन क्षेत्र निर्धारणपछि काभ्रेमा उम्मेदवारको चर्चा (को–को बन्दैछन् प्रतिनिधिसभामा उम्मेदवार ?

२१ भाद्र २०७४, बुधबार ०४:२८

काभ्रे– निर्वाचन क्षेत्र निर्धारण आयोगले आफ्नो प्रतिबेदन सार्बजनिक गरेसँगै काभ्रेको राजनीति पनि तातेको छ । राजनीतिक बृत्तमा मात्र हैन आम जनतामा पनि अबको उम्मेद्बार को हुने भन्ने चासो र चर्चा गर्न थालेका छन् ।

 

प्रदेशमा चार र प्रनितिधिसभामा दुई क्षेत्र भएपछि काभ्रेको चुनावी माहौल झन तातेको राजनीतिक दलका नेताहरूले बताएका छन् । मंसिरमा हुने निर्वाचनका लागि टिकेट कसले लिने भन्ने पनि होड चल्न थालेको छ । दुईवटा संघीय क्षेत्र रहेको काभ्रे जिल्लामा जिल्लाका प्रमुख नेताहरुको नामनै बेसि चर्चामा छ । एक नम्बर क्षेत्रमा काँग्रेसको तर्फबाट शिव हुमागाई, तीर्थ लामा, एमालेबाट हालका सभासद रामहरी सुवेदी र जिल्ला सचिब नारायण पान्डे तथा मावोबादी बाट पुर्ब मन्त्री सुर्यमान दोङ (लालध्वज) को चर्चा छ । यसैगरी २ नम्बर क्षेत्रमा काँग्रेसको जिल्ला सभापति मधु आचार्य, सांसद कन्चनचन्द्र बादे, एमालेबाट युबा नेता गोकुल बास्कोटा र मावोबादिको तर्फबाट पूर्व सभासद तेजबहादुर मिजारको चर्चामा छन् ।

 

अहिले नयाँ क्षेत्र निर्धारण भएपछि कुन क्षेत्र कसले जिन्ते भन्ने पनि बहस चल्न थालेको छ । स्थानीय तह र संविधान सभा २०७० को निर्वाचनलाई हरेर राजनीतिक दलहरू यतिबेला कुन क्षेत्रमा कसको पकड छ भन्ने अध्ययन गर्न व्यस्त छन् । हाल तय भएका दुई क्षेत्रमा क्षेत्र नं. १ मा काँग्रेस र एमालेको प्रतिस्पर्धा भएको र २ नम्बर क्षेत्रमा भने नेकपा एमाले बलियो रहेको विश्लेषण दलहरूले गरेको पाइएको छ । यतिबेला क्षेत्रको सिमाङ्कन र विगतको नतिजालाई हरेर विश्लेषण् गर्नेहरूले यो क्षेत्रमा एमालेको जित सुनिश्चित भएको चर्चा गर्न थालेका छन् । हुनपनि यस क्षेत्रमा भएका स्थानीय तहमध्ये दुई तह बाहेकका सबै स्थानीय तहहरू एमालेले धेरै मतान्तरले जितेको छ । जहाँ एमालेको संगठन बलियो भएको पनि एमाले नेताहरूले बताएका छन् । यस क्षेत्रमा नेकपा एमाले काभ्रेका पूव अध्यक्ष गोकुल बाँस्कोटा पार्टीबाट निर्विरोध उम्मेदवार हुने नेताहरू बताउँछन् ।