धनगढीमाई नगरपालिकामा माओवादी केन्द्र विजयी

६ आश्विन २०७४, शुक्रबार ०७:३१

असोज ६, काठमाडौं । प्रदेश नं. २ मा सम्पन्न स्थानीय तहको तेस्रो चरणको चुनावमा सिरहाको धनगढीमार्इ नगरपालिकामा पनि माओवादि केन्द्र विजयी भएको छ ।

मेयरमा माओवादी केन्द्रका हरिनारायण चौधरी विजयी भएका छन् । चौधरीले ५६८३ मत ल्बियाएर जित हात पारेका हुन् ।
यस्तै उपमेयरमा पनि माओवादी केन्द्रकै फूलकुमारी श्रेष्ठ विजयी भएकी छन् । उनले ५६१३ मत प्राप्त गरेकी छन् । राजेन्द्र यादवले २८३१ मत पाएका छन् भने उपमेयरमा कांग्रेसकै ललिता साहले २६९२ मत पाएकी छन् ।