देउवाद्धारा छैटौं पटक मन्त्रीमण्डल विस्तार, मन्त्रीमण्डल ५६ सदस्यीय

२ आश्विन २०७४, सोमबार ११:५९

असोज २, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले छैटौं पटक मन्त्रीमण्डल विस्तार गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)बाट दुई राज्यमन्त्री थप्दै प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेका हन् ।

राप्रपा (प्रजातान्त्रिक)बाट विराज विष्ट विज्ञान प्रविधि राज्यमन्त्री र कमला शर्मा वन राज्यमन्त्री नियुक्त भएका हुन्। उनीहरुलाई प्रधानमन्त्री देउवाले आजै पद तथा गोपनियताको सपथ खुवाएको छ ।

यो विस्तारसँगै देउवा मन्त्रीमण्डल ५६ सदस्यीय भएको छ ।