दुई नम्बर प्रदेशकै पहिलो महिला मेयर बनिन् रिनाकुमारी

५ आश्विन २०७४, बिहीबार १०:११

असोज ५, काठमाडौं । रौतहटको मौलापुर नगरपालिकामा माओवादी विजयी भएको छ। माओवादी केन्द्रका तर्फबाट मेयर उम्मेदवार रिनाकुमारी साह ३९१२ मत प्राप्त गर्दै विजयी भएकी हुन्।

उनले आफ्ना निकट्म प्रतिस्पर्धी संघीय समाजवादी फोरमका राम एकवाल रायलाई १७०४ मतको फराकिलो अन्तरले पराजित गरेकी हुन्। रायले २२०८ मत प्राप्त गरेका छन्। यो विजयसँगै साह दुई नम्वर प्रदेशको पहिलो महिला मेयर बनेकी छन्।

त्यस्तै उपमेयर पनि माओवादी कै उम्मेदवार गौरीशंकर प्रसाद ३ हजार ८८९ मतसहित विजयी भएका छन्। उनी सहरी विकास मन्त्री प्रभु साहकी पत्नी हुन्।