दसैंको मुखमा खाद्यान्नमा मूल्यवृद्धि, उपभोक्ता मारमा

१ आश्विन २०७४, आईतवार ०३:१७

असोज १, काठमाडौं । दसैंको मुखमा आएर व्यवसायीले खाद्यान्नको मूल्यवृद्धि गरेका छन् ।मूल्य बढेर आएको बहाना देखाउँदै व्यवसायीले उपभोक्तालाई प्रतक्ष्य असर पर्ने गरी खाद्यान्नमा मूल्य बढाएका हुन् ।

व्यवसायीले चामल, गेडागुडी र खाने तेल, चिनी, जीरालगायत अन्य खाद्यान्मा मूल्य बढाएका छन् । आजको कारोबारमा छ ।चामलमा मात्रै प्रतिबोरा एक सय देखि एक सय ५० रुपैयाँसम्म मूल्यवृद्धि भएको उपभोक्ताहरु बताउँछन् ।राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले भने,

(मूल्य बढाउनुपर्ने अवस्था नरहे पनि बढी नाफा कमाउनका लागि व्यवसायीले बढाएका हुन् ।(यसले उपभोक्तालाई प्रतक्ष्य मार परेक छ ।

नेपाल खुद्रा व्यापार संघका अनुसार,

(खाने तेलमा ५ देखि १० रुपैयाँसम्म वृद्धि भएको छ ।

(जिरा प्रतिकेजी ३० देखि ४० रुपैष्याँसम्मले बढेको छ ।

(गेडागुडी र दालमा सामान्य मूल्यवृद्धि भएको छ ।