तिलाठी कोइलाडी गाउँपालिकामा राजपा विजयी

७ आश्विन २०७४, शनिबार १४:३७

काठमाडौं, ७ असोज । प्रदेश नम्बर २ को ८ जिल्लाको निर्वाचन अनर्तगत सप्तरीको तिलाठी–कोइलाडी गाँउपालिकाको प्रमुखमा सतिशकुमार सिंह र उपप्रमुखमा सुचिता यादव वियजी हुनुभएको छ ।

राजपा नेपालको तर्फबाट सिंहले दुई हजार ९८७ मत प्राप्त गरी प्रमुखमा विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अरुण यादवले दुई हजार ८७२ मत मात्र प्राप्त गर्नुभयो । सिंह गाउँपालिका प्रमुखमा निर्वाचित भएलगत्तै झाडू बोकेर मतगणना स्थलमा रहेको फोहोर सफा गर्नुभएको थियो ।

त्यसैगरी, उपप्रमुख पदमा पनि राजपाकै सुचिता यादव दुई हजार ९६२ मत प्राप्त गगरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अनुपन सिंहले एक हजार ९७३ मत प्राप्त गर्नु भएको छ ।