च्यारिटीपछि मात्रै प्रदर्शनमा आउने

३ आश्विन २०७४, मंगलवार ०७:२९

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रसिद्ध कृति ‘जीवन काँडा कि फुल’ कि लेखक साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित चलचित्र ‘जीवन काँडा कि फुल’ निर्माण भएको छ । चलचित्र निर्माणको काम सबै सकिएतापनी अझै परदर्शन हुन् सकेको छैन । चलचित्र युनिटका अनुशार  पहिला चलचित्रको च्यारिटी शो गरेर मात्रै चलचित्रलाई प्रदर्शनमा ल्याउने तयारि भएको छ ।

यस चलचित्रमा झमकको जीवनशैलीलाई उतारिएको छ । सन् १९८० मा धनकुटा मा जन्मिएकी साहित्यकार घिमिरेले जीवन जिउनकै निमित गर्नु परेको संघर्षलाई मार्मिक तरिकाले चलचित्रमा देखाइएको छ । ‘जीवन काँडा कि फुल’कृतिबाट घिमिरे मदन पुरस्कारबाट सम्मानित पनि भैसकेकी छन् ।

विष्ट ब्रदर्स फिल्म प्रालि र क्लासिक सिने युनिभर्स प्रालिको ब्यानरमा निर्मित यस चलचित्रमा झमकको भूमिकामा रोजिता बुद्धाचार्य देखिने छिन । उनले झमकको हाउ भाउ ल्याउनु पनि निकै मेहनत गरेकी थिइन् । चलचित्रको छायांकन ९० प्रतिशत  धनकुटा र बाँकी धरान तथा राजधानीमा  गरिएको हो । झमक स्वयम पनि चलचित्रमा देखिएकी छिन् । रोजिताले झमकको किशोरी अवस्थालाइ फिल्ममा उतार्ने छिन् भने बाल्यकालको प्रमुख पात्रमा झमकको चरित्र सिलिगुडीकी अवस्था थापाले अभिनय गरेकी छिन ।