ग्राण्ड फिनालेका लागि नेपाल आइडलका निर्देशक पौडेल सहितको प्राविधिक टोली कतारमा

३० भाद्र २०७४, शुक्रबार १५:२४

भदौ ३०, काठमाडौं। एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो नेपाल आइडलको अन्तिम तयारीका लागि आइडलका निर्देशक लक्ष्मण पौडेल सहितको प्राविधिक टोली कतार पुगेको छ।

तयारीका लागि कार्यक्रम उद्घोषक सुशील नेपाल, प्रमुख क्यामेरा म्यान शिवराम श्रेष्ठ, आइटी प्रमुख धनन्जय आचार्य, लाइट डिजाइनर पन्कज बिक लगायतको टोलि कतार पुगेको हो।

नेपाल अइडलको ग्राण्ड फिनालेका लागि अब एक हप्तामा मात्रै बाँकी छ। यही सेप्टेम्बर २२ तारिखमा कतारमा आयोजना हुँदैछन्। नेपाल आइडलमा अहिले वुद्ध लामा, निशान भट्टराई र प्रताप दास गरी तीन प्रतिस्पर्धी छन्।