काठमाडौँमा अफ्रिकी संस्कृति

२ आश्विन २०७४, सोमबार १५:२२

असोज २, काठमाडौँ । ‘छैटौं नेपाल–अफ्रिका फिल्म फेस्टिभल–२०१७’ आजदेखि काठमाडौँमा शुरु भएको छ ।

कमलपोखरीस्थित रसियन कल्चरल सेन्टरमा ‘कलेज अफ जर्ना्लिज्म एण्ड मास कम्युनिकेशन’ (सिजेएमसी) ले आयोजना गरेको महोत्सव बुधबारसम्म चल्ने बताइएको छ । महोत्सवको पहिलो दिन इजिप्टको ‘लिटिल एगल’ र तान्जानियाको ‘होल्डिङ अप द स्काई’ शीर्षक दुई लघुचलचित्र प्रदर्शन गरिएको छ ।

 

अफ्रिका र नेपालबीच सांस्कृतिक एवं पर्यटन आदानप्रदानका साथै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन महोत्सव आयोजना गरिएको सिजेएमसीका प्रबन्ध निर्देशक डा मञ्जु मिश्रले बताइन् । महोत्सवमा नेपाल, युगाण्डा, रुवाण्डा, सेनेगल, भारतसहित नौ देशका सांस्कृतिक–सामाजिक परिवेशका जीवन भोगाइका नौ लघुचलचित्र प्रदर्शन गरिने आयोजकले बताएको छ ।