एमाले आठौं केन्द्रीय बैठक आजदेखि, निर्वाचनको समीक्षा गर्ने

असोज ६, काठमाडौं । नेकपा एमालेको आठौं केन्द्रीय कमिटीको बैठक आजदेखि शुरु हुँदैछ ।

 

बिहान ११ बजे पार्टी मुख्यालय धूम्रबाराहीमा बैठक शुरु हुने एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । तीनदिनसम्म चल्ने बैठकमा स्थानीय निर्वाचनको समीक्षा, प्रदेश र केन्द्रीय निर्वाचन र समसामयिक राजनीतिक गतिविधि’bout छलफल हुनेछ ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ । बैठक केन्द्र र प्रदेश निर्वाचनमा केन्द्रित हुँदै दुवै निर्वाचनका लागि उम्मेदवार छनोटको मापदण्डसमेत बनाउने श्रेष्ठले बताए । एमाले केन्द्रीय कमिटी बैठक लामो समयदेखि शीर्ष नेताको समय अभावका कारण बस्न सकेको थिएन । (रासस)


प्रकाशित | २०७४ आश्विन ६ प्रकाशित ०५:२३

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ