आयल निगमको भ्रष्टाचारमा मन्त्रीदेखि ठूला दलका नेताको संलग्नता : थापा

२८ भाद्र २०७४, बुधबार १५:०६

भदौ २८, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल आयल निगमको जग्गा खरिदमा भएको भ्रष्टाचारमा निगमका महाप्रबन्ध मात्रै नभएर मन्त्रीदेखि ठूला दलका नेतासम्म संलग्न रहेको आरोप लगाएको छ।

पोखरामा राष्ट्रिय प्रजातन्त्र पार्टीको पश्चिमाञ्चल भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सबैको संलग्नता भएकै कारण आयल निगमको भ्रष्टाचार दिनुहुँ संचार माध्यममा आउँदा पनि सरकार कानमा तेल हालेर बसेक5 र सरकारमा रहेका दलहरु नै भ्रष्टाचारमा डुबेका कारण ठूला दलहरुको वA4ाउँदै कुनैपनि बेला ढल्नसक्ने दावी गर्दै मन्त्रीहरु र सरकारमा रहेका दलहरु नै भ्रष्टाचारमा डुबेका कारण ठूला दलहरुको विश्वसनियाता घट्दै गएको टिप्पणी गरे ।

थापाले निर्वाचन आयोग सत्तामा रहेका दलहरुको लाचार छायाँ बनेको आरोप लगाउँदै आयोग दिनँहु विज्ञप्ती मार्फत आचार सहित मिचियो भन्छ तर आचारसंहिता मिच्नेमा सबैभन्दा पहिले मन्त्रीहरु छन् र निर्वाचन आयोगलाई कसैले नटेरेको समेत बताए।

पार्टी विभाजनका बारेमा बोल्दै अध्यक्ष थापाले देशी विदेशी तत्व लागेर पार्टी फुटाएको आरोप लगाए ।