आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई कारवाही गर्न सिफारिस

२७ भाद्र २०७४, मंगलवार ०८:३५

भदौ २७, काठमाडौं । बाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई कारवाही गर्न सिफारिस गरेको छ ।

सोमबार राती चिन भ्रमणमा जानु अघि आपुर्ति मन्त्रालयका सचिव कृष्ण देवकोटाले खड्कालाई कारबाहीका लागि मन्त्रीपरिषद् लैजाने निर्णय गरेका थिए । ब्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले निगमका खड्काले तीन महिनाका लागि पेट्रोलियम पदार्थ भण्डारण गर्न खरिद गरेको जग्गामा अनियमितता गरेको ठहर गरेपछि उनलाई कारबाहीको सिफारित गरिएको हो । खड्कालाई निगमबाट आपूर्ति मन्त्रालय तान्ने निगम सञ्चालक समितिले निर्णय समेत गरिसकेको छ । सञ्चालक समितिमा खड्का अदालतबाट फर्किन नसक्ने गरि कानुनी प्रकृया पुरा गरेर कारवाही गर्नु पर्ने अनौपचारिक छलफल भएको थियो ।

 

जग्गा अध्ययन गर्न गठित उपसमितिले स्थलगत अध्ययनपछि पेश गरेको प्रतिवेदनमा चलेको मूल्यभन्दा १० गुणा बढीसम्म तिरेर खरिद गरिएको उल्लेख छ । निगमले झापा, सर्लाही, चितवन र रुपन्देहीमा ९० दिनसम्म पुग्ने गरी पेट्रोलियम पदार्थ भण्डारण गर्ने संरचना निर्माण गर्न बोलपत्रका माध्यमबाट जग्गा खरिद गरेको थियो । व्यवस्थापिका(संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले नेपाल आयल निगमले तीन महिनाका लागि पेट्रोलियम पदार्थ भण्डारण गर्न खरिद गरेको जग्गामा अनियमितता भएको प्रतिवेदन पारित गरेको थियो । साथै खड्का लगायत लाई कारवाही गर्न सिफारिससमेत गरेको थियो ।  जग्गा खरिद प्रक्रियामा अनियमितता भएको फेला परेकाले  व्यवस्थापिका(संसद् नियमावलीको नियम १८२ अनुसार आवश्यक अनुसन्धान एवम् छानबिन गरी कानुनी कारबाही गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको थियो ।